You are viewing the translated version of प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी कार्यविधि.

Rule 7
प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी कार्यविधि
(१) प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको लागि उपयुक्त व्यक्ति छनौट गरी नाम सिफारिस गर्न सिफारिस समितिले कम्तीमा पन्ध्र दिनको म्याद दिई राष्ट्रियस्तरका कम्तीमा दुई वटा दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो सूचना बोर्डको वेबसाइटमा समेत राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन भएकोमा योग्यता पुगेका इच्छुक व्यक्तिले देहायको विवरण संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा सिफारिस समितिको सचिवालय समक्ष निवेदन दिनु पर्नेछः-
(क) निजको वैयक्तिक विवरण,
(ख) ऐनको दफा १२ को उपदफा (३) बमोजिम निजको योग्यता पुगेको विवरण,
(ग) निजले हासिल गरेको कार्य अनुभवको विवरण,
(घ) ऐन तथा यस नियमावलीको उद्देश्य बमोजिम प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कार्यसम्पादन गर्दा पुच्याउने समग्र योगदान,
(ङ) निजले कार्यान्वयन गर्ने रणनीति र कार्ययोजना सम्बन्धी प्रस्ताव,
(च) प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि आफू उपयुक्त हुने आधार र कार्यसम्पादन गर्न सक्ने विश्वसनीयताको पुष्ट्याईं ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन तथा विवरणको मूल्याङ्कन गर्दा उपयुक्त देखिएका योग्यताक्रम अनुसारका उपलब्ध भएसम्म कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस समितिले सूचीकृत गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सूचीकृत भएका व्यक्तिले सिफारिस समिति समक्ष उपनियम (२) को खण्ड (ङ) बमोजिमको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण गर्नु पर्नेछ ।
(५) सिफारिस समितिले सूचीकृत भएका व्यक्तिसँग रणनीतिक छलफल (स्ट्र्याटेजिक डिस्कशन) गर्नु पर्ने वा अन्तर्वार्ता लिनु पर्नेछ ।
(६) सिफारिस समितिले प्रमुख कार्यकारी अधिकृत पदको लागि सिफारिस गर्दा देहायको अङ्क भारका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उपलब्ध भएसम्म तीन जना व्यक्तिको नाम सिफारिस गर्नु पर्नेछ:-
(क) शैक्षिक योग्यता बापत देहाय बमोजिम पाँच अङ्कः- (१) स्नातकोत्तर बापत तीन अङ्क,
(२) विद्यावारिधी गरेको भए सो वापत थप दुई अङ्क |
(ख) अनुभव बापत (काम गरेको प्रत्येक वर्षका लागि एक अङ्कका दरले) पन्ध्र अङ्ग,
(ग) प्रस्तावित रणनीति र कार्ययोजना सहितको प्रस्ताव बापत पचास अङ्क,
(घ) रणनीतिगत छलफल (स्ट्रयाटेजिक डिस्कशन) वा अन्तर्वार्ता बापत पच्चीस अङ्ग,
(ङ) व्यक्तित्व बापत पाँच अङ्क ।
(७) सिफारिस समितिले प्रमुख कार्यकारी अधिकृत छनौट सम्बन्धमा अपनाउने अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
(८) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिफारिस समितिको सचिवालयको
रुपमा काम गर्नेछ ।